![]() |
कमल पौडेल
काठमाडौं–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको कुटनीतिक मर्यादा कायम गर्न छिमेकी मुलुक भारतलाई चेतावनी दिएका छन् ।
नेकपा एमाले क्षेत्र नं ४ कास्कीद्धारा विहिवार पोखरामा आयोजित संविधान उत्सव चियापान कार्यक्रमलाई सम्वोधन गर्दै नेपालले सो कुरा वतार्एका हुन् ।
उनले भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न खोज्दा आफ्नो उचाई घटाएको वताएका छन् । ‘विशाल राष्ट्र हुँदैमा सानोलाई हेप्न र थचार्न पाईदैन’, वरिष्ठ नेता माधवकुमार नेपालले भने ।
उनले वर्तमान संविधान मधेश, आदिवासी जनजाति र थारुहरुको मागलाई संवोधन गर्दै जारी भएको वताए ।
नेपाललाई धेरै सहयोग गरेको वहानामा नेपाललाई ह्याकुलो र चिउँडोले अठ्याउन खोजेर नहुने भन्दै उनले सानो देशको पनि आफ्नो अस्मिता र गरिमा बताए ।
उनले नेपालमा संविधान वनेकोमा खुसी व्यक्त नगर्ने भारत तर्फ विभिन्न संका पैदा भएको वताए ।
उनले अंगिकृत नागरिकता लिएको व्यक्ति नेपालको राष्ट्रपति वन्न नपाउने वताए । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
By — Unknown