भारतले लगाएको नाकाबन्दि र रूघा लागदाको नाकबन्दि एऊटै हो यसको ऊपचार र समाधान पनि यउटै छ :"तातोपानि"

रसुवागढी नाकाबाट यसै हप्तादेखि चिनियाँ सामान काठमाडौं आउने

काठमाडौं,असोज । नाकाबन्दी गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भारतलाई छिमेकी देश चीनले ठूलो झट्का दिएको छ ।
नेपाल-चीन सीमा नाका रसुवागढीबाट यसैहप्तादेखि राजधानी काठमाडौंमा चिनियाँ सामाग्री पठाउने घोषणासँगै भारतलाई ठूलो झट्का लागेको हो । यसले भारतको व्यापारमा समेत घाटा हुने देखिएको छ ।
त्यसका लागि रसुवागढी नाका खोल्न नेपाल र चीनबीच सहमति भइसकेको छ । भने, नेपालतर्फ सम्पूर्ण तयारी पूरा भएको छ । अब चीनले आफ्नो भूभागमा पर्ने बाटोमा रहेको पहिरो तीन दिनमा हटाउने जनाइसकेको छ ।
सम्भवतः अबको तीन दिनपछि नै रसुवागढी नाका सूचारु हुने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए । ‘पहिरोले अवरुद्ध चीनतर्फको बाटो खोल्न तीन दिन लाग्ने कुरा आएको छ, बाटो खुल्ने बित्तिकै हामी सामान पाठाउछौं भनेर उनीहरुले भनेका छन्,’ सचिव उपाध्यायले भने ।
यता रसुवागढी भन्सार कार्यालय पनि चीनबाट सामान आए जाँच पास गर्न तयारी अवस्थामा छ । भन्सार प्रमुख केदार पनेरुले चीनले जति सामान पठाए पनि जाँचपास गर्न सक्ने अवस्थामा आफूहरु रहेको बताए । ‘नेपालतर्फ अब कुनै समस्या छैन, बाटोमा भएका समस्या पनि समाधान गरेका छौं । चीनले जति गाडी पठाए पनि काम गर्न सक्ने अवस्थामा अब भन्सार कार्यालय छ । सामान आए काठमाडौं पठाउन सक्छौं.

राजेन्द्र महतोलाई तह लगाउन सुरक्षा योजना बन्यो, यस्तो छ प्रशासनको तयारी १ लाइक १ सेयर

भैरहवा, २१ असोज
भैरहवामा बसेको जिल्ला सुरक्षा समितिको बैठक । सदभावनाका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोलाई तह लगाउन सुरक्षा योजना तयार पारिएको छ । महतोले रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा अवरोध गर्न मधेसी मोर्चाको कमाण्ड लिएपछि उनलाई तह लगाउन भैरहवाको स्थानीय प्रशासनले सरोकारवालासँग छलफल गरी सुरक्षा रणनीति तयार पारेको हो । सुरक्षा रणनीति अनुसार नेपाल भारत सीमा नाका बेलहियामा सुरक्षा अवस्थालाई थप कडाई गरिएको छ । बुधबार भारतीय भूमीको प्रयोग गर्दै सीमावर्ति सुनौली बजार क्षेत्रबाट संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले नेपालतर्फ ढुंगामुढा गरेपछिको अवस्थालाई विश्लेषण गर्दै जिल्लास्थित सुरक्षा समितिले सो क्षेत्रमा थप सुरक्षा व्यवस्थापन गरी कडाई गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए । प्रजिअ ढकालले भने “नाका अवरोध रोक्न र अप्रिय घटना हुन नदिन हामीहरु सजग छौं । सीमा क्षेत्रमा थप सुरक्षा व्यवस्थापन गर्दैछौं ।” बुधबार सीमावर्ती बेलहियामा भएको घटनालाई लिएर जिल्लास्थित सुरक्षा निकायले बेलहिया बासीसंग सुझाव समेत लिएको छ । जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकमा बेलहियाका संघसंस्थाका प्रतिनिधीले मोर्चाका कार्यकताले भारतीय भूमी र भारतीय प्रहरीको संरक्षणमा सीमामा अराजकता नै मच्चाएको जनाउदैं प्रशासनले यसलाई तत्काल नियन्त्रण नगरे राष्ट्र र राष्ट्रियताको लागी आफुहरुले प्रतिवाद गर्ने जनाएका थिए । लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश केसीले बुधबारको घटनाले जिल्लामा सुरक्षा चुनौती बढेको जनाउदैं शान्ति सुरक्षा र अमनचयन कायम गर्न स्थानियको सहयोग अपरिहार्य भएको जनाउदैं भने “तपाई स्थानियहरु मोर्चा कार्यकर्ताको प्रतिकारको नाममा प्रदर्शन नगर्नुहोस् , आन्दोलनकारीलाई व्यवस्थापन गर्ने जिम्मा हाम्रो हो ।” प्रशासनको सुरक्षा रणनीति अनुसार नाका अवरोध गर्न आए महतोलाई समेत लखेट्ने योजना छ । जसमा स्थानीयवासीले साथ दिने जनाएका छन् । बुधबार भारतीय भुमिबाट आएका मधेसी मोर्चाका कार्यकर्ताले राजेन्द्र महतोको निर्देशनमा प्रहरीमाथि आक्रमण गर्दै एक जना सर्वसाधारणमाथि घरेलु हतियार प्रयोग गरी आक्रमण गरेका थिए । आक्रमण गरी मोर्चाका कार्यकर्ता भातर पसेका थिए । रुपन्देही प्रहरी प्रमुख एसपी बुद्धि गुरुंगले दशगजा क्षेत्रमा कुनैपनि देशको अहित हुनेगरी कार्यक्रम गर्न गराउनबाट रोक्न आफूहरु कटिबद्ध भएको जनाए । यसै हप्ताबाट राजेन्द्र महतोले बेहलिया नाकामा अवरोध गर्न मधेसी मोर्चाको कमाण्ड सम्हालेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । महतो भारतमा बसेर नाका अवरोध गर्न कार्यकर्ता पठाउने काम गरिरहेका छन् ।

राजधानीस्थित राजेन्द्र महतो निवासमा तोडफोड र आगजनी प्रयास>>>continue reading>>>

काठमाण्डु, २१ असोज– मधेसमा आन्दोलनरत सद्भावना अध्यक्ष राजेन्द्र महतोको राजधानीस्थित निवासमा एक समूहले तोडफोड प्रयास गरेको छ ।
भारतलाई नाकाबन्दी गर्न सघाएको आरोपमा महतोको काठमाण्डुका विभिन्न स्थानमा रहेका घरमा बिहीबार तोडफोडको प्रयास गरेका हुन् ।

तोडफोडका लागि आएका सर्वसाधारणले भारतीय सीमामा बसेर नेपालमा आन्दोलन गर्नुका साथै सुरक्षाकर्मीमाथि भएको आक्रमणको नेतृत्व लिएको आरोप महतोमाथि लगाएका छन् ।

करिब एक सयको संख्यामा गएका युवाहरुको समूहले सिनामंगलस्थित भत्केको पुल नजिकै र पुरानो बानेश्वरमा रहेको महतोका बंगालामा तोडफोड तथा आगजनी प्रयास गरेका थिए ।

तर प्रहरीले तत्काल हस्तक्षेप गरी तोडफोडमा उत्रन खोजेको समूहलाई तितरवितर बनाएपछि क्षति भने हुन पाएन । आक्रोशित मुद्रामा रहेका ती युवाले महतोका बंगालामा नियमित रुपमा धर्ना दिएर तोडफोड गरेरै छाड्ने चेतावनी दिएका छन् ।

तराई–मधेसमा जारी आन्दोलन फिर्ता लिएर सीमा क्षेत्रमा सहज रुपमा आयात निर्यात नहुन्जेल महतोका सबै घरमा धर्ना जारी राख्ने बताएका छन् । महतको भक्तपुर र ललितपुरका विभिन्न स्थानमा रहेका अरु घरहरुको पनि खोजी भइरहेको बताएका छन् ।

बुधबार भैरहवाका एक युवाका शरीरका विभिन्न भाग काटेर मोर्चाका कार्यकर्ताले फालेको विरोधमा सर्वसाधारणले महताको घर घेर्न गएको बताएका छन् ।

मधेसी मोर्चाका कार्यकर्ताले बुधबार भैरहवाको बलहिया नाकाबाट किनमेलका लागि भारत गएका रुपन्देहीको भलबारी गाविस सुकुम्बासी टोलका कृष्णबहादुर क्षेत्रीको हातका चारवटा औंलासहित सहित शरीरका विभिन्न भाग काटेर फालिदिएका थिए ।

आन्दोलनकारीले पुनः तोडफोड र आगजनी गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले महतो निवासमा सुरक्षा कडा पारेको छ ।
- See more at: http://kathmandutoday.com/2015/10/140828.html#sthash.wNgF5Pbu.dpuf

भारतीय हस्तक्षेप विरुद्ध महजोडीको ठट्यौली तर गम्भीर आक्रमण (भिडियो सहित)

Hari Bansha Acharya is a Nepalese actor and a comedian. He is one of the most successful and respected comedians in the Nepalese entertainment industry. He is known for his method acting. Recently he has released a new song with his own voice. Acharya who has already sang few songs before this has remembered his country through the song and the song has also been written by himself. The song released by Acharya has title ‘Chuche Himal ma, mah jaha gaye ni mero mutu Nepal ma’ contains arrangement, music and voice of himself, but has music composition by Jiwit Jalmi.

करिस्मा मानन्धरले एक युवक लाइ कपडा खोलेर नांगै हुदै भनिन ,मलाई बलात्कार गर्न आइज ? हेन्रुहोस भिडियो

करिस्मा मानन्धरले एक युवक लाइ कपडा खोलेर नांगै हुदै भनिन ,मलाई बलात्कार गर्न आइज ? हेन्रुहोस भिडियो



नेपाली केटाहरु ब्रिटिश आर्मीमा भर्ती भै सके पछी यसरि जंगलमा रियल लडाई को ट्रेनीङ गर्छन >>>WATCH VIDEO>>>

नेपाली केटाहरु ब्रिटिश आर्मीमा भर्ती भै सके पछी यसरि जंगलमा रियल लडाई को ट्रेनीङ गर्छन >>>WATCH VIDEO>>>


World’s Most Feared Soldiers – British Army Royal Gurkha Rifles

The Royal Gurkha Rifles Regiment leads the way in the final phase of Exercise Saber Strike.
The Royal Gurkha Rifles (RGR) is a rifle regiment of the British Army, forming part of the Brigade of Gurkhas.
Unlike other regiments in the British army, soldiers are recruited from Nepal, which is neither a dependent territory of the United Kingdom nor a member of the Commonwealth.
The Gurkhas are a unique unit in the Army with a reputation of being amongst the finest and most feared soldiers in the world. The Victorians identified them as a “martial race”, perceiving in them particularly masculine qualities of toughness.
Their motto is: Better to die than live a coward.



Dr.Baburam bhattarai holds interaction with private sectors

Dr.Baburam bhattarai holds interaction with private sectors


Former Prime Minister Baburam Bhattarai, who recently quit the UCPN-Maoist, held an interaction with the entrepreneurs of private sector at Hotel Annapurna.
Former Prime Minister Baburam Bhattarai, who recently quit the UCPN-Maoist and went to Janakpur to address a mass assembly, had to witness a stern protest from cadres of Madhesi parties on Tuesday afternoon.
“Newly promulgated constitution is the fruit of 70 years of revolution,” he said, adding, “Economic revolution should be started for the development of the country now.” Hence, capitalism should be adopted for the same, like China, he added.
Moreover, Bhattarai said that he is willing to form a new political platform to take the country towards the path of development. Saying that economic and political sectors are interrelated, Bhattarai urged the private sector to focus more on economic revolution. Bhattarai made it clear that he was not against the constitution as interpreted by the people.
Also in his last visit to Tanakpur the protesters vandalised the stage and set it on fire after Bhattarai cut short his speech and was escorted out from the stage amid hullabaloo. After he refused to burn the constitution, people started throwing stone towards him. 

यस्लाइ जति सक्यो चाडो पक्राउ गर्न माग गरौ प्लिज् जनजातिकै बेइज्जत हुने गरि किन कुर्ले यी मान्छे क्षेत्री बाहुन माथि? भिडियोमा हेर्नुस र तपाइको विचार कमेन्टमा पोख्न नभुल्नुहोला है.... भिडियोमा हेर्न तल क्लिक गर्नुहोस>>>>>>>>>>

यस्लाइ जति सक्यो चाडो पक्राउ गर्न माग गरौ प्लिज्
जनजातिकै बेइज्जत हुने गरि किन कुर्ले यी मान्छे क्षेत्री बाहुन माथि? भिडियोमा हेर्नुस र तपाइको विचार कमेन्टमा पोख्न नभुल्नुहोला है....क्षत्री बाहुनलाइ गाली गर्दै एक जनजाती भनाउँदो.. भिडियोमा हेर्न तल क्लिक गर्नुहोस>>>>>>>>>>




क्षत्री बाहुनलाइ गाली गर्दै एक जनजाती भनाउँदो..

भारतको सबैभन्दा चर्चित अखबारको हेडलाइन - 'नेपालमा भारत ठूलो हारुवा' नाकाबन्दीले भारत हरुवा भयो भन्दै टाइम्स अफ इण्डियाले यस्तो हेडलाइन बनायो । पढ्नुस् विवरण!

नेपालमाथि भारतको अघोषित नाकाबन्दी लम्बिँदै जाँदा भारतमै पनि नेपालमाथि भारतको ब्यवहारको समीक्षा हुन थालेको छ । सञ्चार मध्यमहरुले भारतीय ब्यवहारले नेपाललाई भन्दा बढी घाटा भारतलाई भैरहेको विश्लेषणयुक्त सामग्री बढाएका छन् ।

कतिपय मिडियाले भारतीय ब्यवहारले नेपाल चीनतर्फ नजिक हुने चिन्ता ब्यक्त गरिरहेको समयमा कतिपयले नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नीति असफल भएको टिप्पणी समेत गरेका छन् ।


यसैक्रममा भारतको सबैभन्दा चर्चित अखबार टाइम्स अफ इण्डियाले ‘विभाजित नेपालमा भारत ठूलो हरुवा’ भन्ने शीर्षकमा फिचर प्रकाशित गरेको छ ।

केशव प्रधानले लेखेको उक्त फिचरमा भरतको पछिल्लो कदमले नेपाललाई भन्दा भारतलाई बढी बेफाइदा भएको र विभाजित मनस्थितिमा रहेको नेपालमा भारत हरुवा हुन पुगेको विश्लेषण गरिएको छ ।

नेपालमा अत्याधिक संख्यामा सभाषदले हस्ताक्षर गरेको संविधानलाई भारतले अस्वीकार गरेर अन्तिम समयमा दुत पठाउने कदम तथा अघोषित नाकाबन्दीले भारतप्रति नेपालमा उग्र आक्रोश पैदा भएको र अन्ततः नेपाल चीनको सहयोग खोज्ने बाटोमा उन्मुख भएको भन्दै यो फिचरमा भारत नेपालमा पराजित भएको उल्लेख छ ।



नेपालमा विभिन्न जाति समुदाय अधिकारबाट बञ्चित रहेको भएपनि भारतले संविधान अस्वीकार गरेर मधेशी प्रति देखाएको विशेष भावले नेपालमा भारतप्रति नकारात्मक भावना पैदा भएको र यो भावना इतिहासमै सबैभन्दा बढी पुगेको आलेखको निष्कर्ष छ ।

भारतको समर्थन गर्ने कांग्रेसकै नेतृत्वमा सरकार रहेको समयमा भारतीय नाकाबन्दीले प्रत्युत्पादक भूमिका खेलेको भन्दै उक्त आलेखमा काठमाडौंले अनुनय विनय गर्दा पनि लादिएको नाकाबन्दीले नेपाल चीनबाट सहयोग लिन उन्मुख भएको र यो भारतका लागि ठूलो हार भएको भनिएको छ ।

संविधान बन्ने समय सम्म आइपुग्दा नेपाल जातीय तथा क्षेत्रीय मुद्धाका कारण विभाजित अवस्थामा पुगेको र यो विभाजन बढिरहेको तर यही विभाजित नेपालमा भारतले भने आफ्नो स्थान गुमाइरहेको केशव प्रधानले लेखेका छन् ।



सन् १९८९ मा भारतले नाकाबन्दी लगाएको समय भन्दा पनि अहिले नेपालमा भारतविरोधी भावना उच्च विन्दुमा पुगेको जिकिर गरिएको लेखमा यस्तो हुनुको कारण यस पटकको भारतीय नाकाबन्दी जननिर्वाचित सरकार रहेको समयमा भएका कारण भएको भनिएको छ । भारतकै समर्थनको आधार मानिने कांग्रेस सरकारकै पालामा यस्तो हुनुले भारतले नेपालमा हार ब्यहोर्नु परेको उनको निष्कर्ष छ ।

भारत र नेपालको यो आमने सामने भिडन्तमा दुवै पक्ष पराजित पक्ष बन्ने समेत यो लेखको जिकिर छ ।

भारतीय पत्रकारको आग्रह- मोदी ! अमेरिका होइन नेपाल र पाकिस्तान हेर

भारतीय अघोषित नाकाबन्दी लम्बिँदै जाँदा भारतीय मिडियामा नेपालमा लगाइएको नाकाबन्दीले भारतलाई घाटा गरिरहेको विश्लेषण सहितका सामग्रीले प्रधानता पाएका छन् । विहीबार मात्र विविसीको हिन्दी अनलाइन संस्करणमा ‘नेपालीलाई मन नपर्ने भारतका ८ कुरा’ शीर्षको फिचर प्रकाशित गरेको थियो ।

जम्मु काश्मिरबाट मोदीलाई एक गोर्खा सैनिकको खुला पत्र ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले नेपालसँग निहुँ खोज्न कसरी सक्ला ?

जम्मु काश्मिरबाट मोदीलाई एक गोर्खा सैनिकको खुला पत्र
६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले नेपालसँग निहुँ खोज्न कसरी सक्ला ?
gorkha_rifles_20121231
प्रधानमन्त्री नरेन्द्र मोदी साहेब !
म भारतीय सेनाको नवौँ गोरखा राइफल्समा कार्यरत भारतीय गोर्खा सैनिक हुँ । म अहिले ड्युटीको क्रममा भारत–पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरको लेकमा छु । भारतीय भूमिमा उभिएको छु । मेरो हातमा भारत सरकारको राइफल छ ।
यदि कसैले यो सीमामा भारतविरुद्ध तलमाथि गर्यो भने मैले उसलाई खत्तम पार्नुछ । पार्न सक्छु । मेरो अहिलेको जिम्मेवारी यही हो । मैले भारत सरकारको बन्दुक बोकेको आगामी मंसिरबाट १० वर्ष पुग्दै छ । भारतीय माटोमा मैले जीवन बिताएको पनि १० वर्ष नै भयो ।
म भारतीय माटोमा उभिएको छु, मेरो हातमा भारतीय बन्दुक छ, तर मेरो मन उतै नेपालमा छ, जहाँ मैले मेरा १९ वर्ष बिताएको छु । फेरि पनि जानुपर्नेछ त्यहीँ, जहाँ मेरो बाल्यकाल बित्यो, त्यहीँ बित्नेछ बुढेसकाल पनि ।
मेरो दिमाग, मेरो हृदय सबै–सबै उतै छन् । सम्झिरहेको छु, पूर्वी नेपाल भोजपुरको उही पिखुवा र इरखुवाको चिसो पानी र असला माछा । सम्झिरहेको छु, उही मैयुङ र सिलिचुङ । मेरो भोजपुर, पिखुवा, इरखुवा सबै मेरा आकांक्षा हुन् । तर, यो जम्मु काश्मिर केवल जागिर हो मेरो ।
सिमानामा हामी छौँ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।
मलाई माफ गर्नुहोस् !
तपाईंलाई सलाम गर्ने यो हातले आज कलम समात्यो । तपाईंले दिनुभएको राइफलले तपाईंका दुश्मनविरुद्ध गोली निकाल्ने औँलाले अक्षर लेख्यो । म फेरि पनि माफी चहान्छु, कि मैले भारतीय सेनाको नवौँ गोर्खा राइफल्समा भर्ना हुँदा खाएको कसम केही छिनलाई भुलेको छु । मलाई थाहा छ, मैले सैनिक पेशामा रहँदा यस्तो लेख्नु हुँदैन ।
मलाई यो पनि थाहा छ, यो सैनिक अनुशासनविपरीत हो । अझ मलाई यो पनि थाहा छ, मैले मेरो कर्तव्य भुल्दै छु । कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ कि, अनुशासन र कर्तव्यभन्दा अरू नै बलशाली भएर आउँदा रहेछन् ।
हो, यसबेला मलाई भारतीय सेनाको कर्तव्य र अनुशासनभन्दा मैले १९ वर्ष बिताएको र अब धेरै वर्ष बिताउनुपर्ने मातृभूमिको माया बलशाली भएर आएको छ । म जुन देशको सेवामा छु, त्यही देशले आफ्नो देशमाथि नाकाबन्दी गर्दा बहुतै चित्त दुख्दो रहेछ । मन फाट्दो रहेछ । आँशु आउँदो रहेछ ।
यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुको सचेतता हो । यति सोचिदिनुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला ?
यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुको सचेतता हो । यति सोचिदिनुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला ? हामी हजारौँ नेपाली तपाईंको सेवामा छौँ ।
हामी सबै गोर्खाली आज बेचैन छौँ, किनभने तपाईंले हाम्रो देशमाथि नाकाबन्दी गर्नुभएको छ । मेरा आफन्ता, परिवार, साथीभाइ र मेरा देशवासीले तपाईंको नाकाबन्दीका कारण अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् । यस कारण हजुरलाई यो पत्र लेख्ने धृष्टता गरेको हुँ ।
यति लेख्दालेख्दै मलाई थाहा छ, मेरा देशका केही मधेशी, थारु, जनजातिहरू असन्तुष्ट छन् । उनीहरूको जायज मागको पक्षमा म पनि छु । तर, मेरो देशभित्रका असन्तुष्टिमाथि खेलेर तपाईंहरूले सन्तुष्टि लिइरहनुभएको छ । हो, मेरो असन्तुष्टि तपाईंहरूको त्यही सन्तुष्टिको विरोधमा हो ।
प्रधानमन्त्री साहेब !
इतिहास लामो छ । कहानी धेरै छन् । दुई सय वर्ष पुग्यो, हामी गोर्खा सैनिकहरूले तपाईंहरूको भूमिको रक्षा गरेको । मेरो पुर्खाले भारतीय माटोका लागि रगत र पसिना बगाएका छन् । यो दुई सय वर्षमा लाखौँलाख नेपाली युवाले भारतीय माटोको रक्षाका लागि बेहिसाब खुन–पसिना दिएका छन् ।
हाल करिब ६५ हजारभन्दा बढी गोर्खाली सातवटा रेजिमेन्टमा कार्यरत छन् । हामीलाई थाहा छ, यी सातवटा रेजिमेन्टका ६० हजारभन्दा बढी गोर्खाली भारतको सबैभन्दा ठूलो सम्पत्ति हुन् । जसले आबश्यक परे संसार हल्लाइदिन्छ । हल्लाएको पनि थियो । संसार हल्लाउनेले भारत हल्लाउँदैन र ?
इतिहासलाई फर्केर हेर्नुहोस्, साहेब !
करिब एक वर्षअघि तपाईं हाम्रो देश नेपाल भ्रमणमा जानुभएको बेला हामीलाई असाध्यै खुशी लागेको थियो । हामीले हाम्रो पल्टनमा नम्बरी साथीहरूसँग खुशी मनाएका थियौँ । अझ तपाईंले जब नेपालको संविसानसभामा हामी गोर्खा सैनिकका बारेमा बोल्नुभयो, त्यसले त हामीलाई झनै गर्व लागेको थियो ।
हामीले गरिरहेको सेवाको सार्थकता महसुस भएको थियो । तपाईंले नेपालको संसद्मा भन्नुभएको थियो, ‘भारत निर्माणमा गोर्खालीहरूको ठूलो बलिदान र योगदान छ । भारतले लडेको यस्तो कुनै पनि युद्ध छैन, जहाँ गोर्खालीको रगत नबगेको होस् ।’
हो, सत्य त यही हो । आज हामी गोर्खालीहरू जम्मु काश्मिरमा छौँ, लद्दाखमा छौँ । जहाँ–जहाँ भारतीय सिमाना छन्, त्यहाँ–त्यहाँ छौँ । भारतलाई सबैभन्दा बढी खतरा जहाँबाट छ, हामी त्यहीँ छौँ । सिमानामा हामी छौँ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।
यति भनिसकेपछि म तपार्इंलाई इतिहासको सम्झना गराउन चाहन्छु । भारतको सैनिक इतिहास एकपटक पल्टाएर हेर्न अनुरोध गर्दछु । हामी नेपाली युवाले तपाईंको देशका लागि कति युद्धका मोर्चाहरू सम्हालेका छौँ । तपाईंलाई थाहा छ, समृद्धिको पहिलो शर्त शान्ति–सुरक्षा हो ।
शान्तिविना समृद्धि सम्भव नै छैन । हामी भारतको समृद्धिको पहिलो कारण हौँ, किनभने भारतको शान्ति र सुरक्षामा गोर्खालीहरूको ठूलो हात छ । देशभित्रको आन्तरिक व्रिदोह र विदेशीसँगको युद्धमा गोर्खा सैनिकले कति योगदान गरेका छन् रु संसार भलिभाँती जानकार छ ।
सम्झौता पढ्नुहोस्
हामी कसैले प्रचार गरिएजस्तो भाडाका सिपाही कदापि होइनौँ । ७ नोभेम्बर १९४७ मा ब्रिटेन, भारत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताको आधारमा हामी भारतीय सेनामा भर्ती भएका हौँ । कसैलाई लागेको होला, गोर्खालीहरू भाडाका सैनिक हुन्, जसले नुन दिएको छ उसकैको सोझो गर्नुपर्छ ।
हामी सबै मोर्चामा भारतको नुनको सोझो गरौँला, तर नेपाल र भारतको बीचमा झगडा भयो भने हामी नुनको सोझो गर्न बाध्य छैनौँ । सम्झौताको ८ बुँदामा प्रस्ट लेखिएको छ, ‘नेपाल आफैँ युद्धमा संग्लन रहेको स्थितिमा ब्रिटिस तथा भारतीय सेनामा रहेका सबै गोर्खा सैनिकहरूलाई फिर्ता बोलाउने अधिकार नेपालसँग सुरिक्षत रहेको छ ।’ यस कारण हामी भाडाका सिपाही होइनौँ । देशलाई संकट पर्दा हामी देशको पक्षमा गएर बढो ढुक्कका साथ लड्न सक्छौँ । सम्झौताले यही भनेको छ ।
मैले भारत र नेपालबीच युद्ध हुन्छ भन्न खोजेको कदापि होइन । यो कुनै उत्तेजना पनि होइन । यतिबेला युद्ध कल्पनाको विषय पनि होइन । तर, यी तथ्य र सम्झौताहरू पनि तपाईं‐हामीले सम्झिरहँदा राम्रो हुन्छ भन्ने हो ।
हामी भारत र नेपाल यस्तरी आपसमा बाँधिएका छौँ कि चाहेर पनि भारतले नेपालविरुद्ध लड्न असाध्यै गाह्रो हुनजान्छ । यी सबै तथ्यलाई ध्यानमा राखेर दुवै देशले असल छिमेकी बनिरहनुभन्दा अर्को विकल्प छैन । होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र ?
नेपालमाथिको भारतीय नाकाबन्दी गलत हो । तर, नेपालका नेताज्यूहरूले पनि आफ्नो आन्तरिक समस्या आफैँ समधान गर्न नसक्नु कमजोरी हो । कही न कही कमजोरी भएकै कारण त आज नेपालमा भारत पस्यो ।
मेरो विचारमा मधेशी, थारु, अन्य उत्पीडित समुदायको जायज मुद्दालाई पनि भारतसँग जोडिदिनु नेपालका लागि घातक हुन्छ । नेपालका मधेशी, थारु लगायतलाई एकातिर राख्नुहोस् । भारतलाई अर्कोतिर राख्नुहोस् । समस्या समधान हुन्छ ।
बाहिरकासँग लड्न सजिलो होला, सकिएला तर घरभित्रै झगडा अरूले खेले गाह्रो हुन्छ । हामीले जानेको युद्धको नियमले पनि यही भन्छ । तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।
मधेशीलाई पनि आफ्नै भन्नुहोस् । थारुलाई पनि आफ्नै सम्झिनुहोस् । सबै जाति–जनजातिलाई पनि आफ्नै भन्नुहोस् । तपाईंहरूले आफ्नो नभने अरू कसैले स्वार्थका लागि मेरो भनिदिन्छन् । मधेशी समृद्ध भए, थारु धनी भए, जनजाति धनी भए, भारत धनी हुँदैन, नेपाल नै धनी हुने हो । बस यति भनौँ ।
हिजो के थियो ? कसले के गर्यो ? त्यो मधेशी, थारु र जनजातिले खोजिहिँड्ने विषय हुँदै होइन । फेरि हिजोकै जस्तो हुनुपर्छ भनेर तपाईंहरूले रोजिहिँड्ने कुरो पनि होइन । हिजोलाई समीक्षा गरेर भोलिका लागि आज काम गर्ने हो सबैले । इतिहास र पुर्खालाई गाली गलेर देश बन्दैन । पुर्खाले जस्तै चलाउन खोजेर पनि देश बन्दैन