![]() |
भारतलाई नाकाबन्दी गर्न सघाएको आरोपमा महतोको काठमाण्डुका विभिन्न स्थानमा रहेका घरमा बिहीबार तोडफोडको प्रयास गरेका हुन् ।
तोडफोडका लागि आएका सर्वसाधारणले भारतीय सीमामा बसेर नेपालमा आन्दोलन गर्नुका साथै सुरक्षाकर्मीमाथि भएको आक्रमणको नेतृत्व लिएको आरोप महतोमाथि लगाएका छन् ।
करिब एक सयको संख्यामा गएका युवाहरुको समूहले सिनामंगलस्थित भत्केको पुल नजिकै र पुरानो बानेश्वरमा रहेको महतोका बंगालामा तोडफोड तथा आगजनी प्रयास गरेका थिए ।
तर प्रहरीले तत्काल हस्तक्षेप गरी तोडफोडमा उत्रन खोजेको समूहलाई तितरवितर बनाएपछि क्षति भने हुन पाएन । आक्रोशित मुद्रामा रहेका ती युवाले महतोका बंगालामा नियमित रुपमा धर्ना दिएर तोडफोड गरेरै छाड्ने चेतावनी दिएका छन् ।
तराई–मधेसमा जारी आन्दोलन फिर्ता लिएर सीमा क्षेत्रमा सहज रुपमा आयात निर्यात नहुन्जेल महतोका सबै घरमा धर्ना जारी राख्ने बताएका छन् । महतको भक्तपुर र ललितपुरका विभिन्न स्थानमा रहेका अरु घरहरुको पनि खोजी भइरहेको बताएका छन् ।
बुधबार भैरहवाका एक युवाका शरीरका विभिन्न भाग काटेर मोर्चाका कार्यकर्ताले फालेको विरोधमा सर्वसाधारणले महताको घर घेर्न गएको बताएका छन् ।
मधेसी मोर्चाका कार्यकर्ताले बुधबार भैरहवाको बलहिया नाकाबाट किनमेलका लागि भारत गएका रुपन्देहीको भलबारी गाविस सुकुम्बासी टोलका कृष्णबहादुर क्षेत्रीको हातका चारवटा औंलासहित सहित शरीरका विभिन्न भाग काटेर फालिदिएका थिए ।
आन्दोलनकारीले पुनः तोडफोड र आगजनी गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले महतो निवासमा सुरक्षा कडा पारेको छ ।
- See more at: http://kathmandutoday.com/2015/10/140828.html#sthash.wNgF5Pbu.dpuf
By — Unknown