थारु, मधेसीलगायत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न आज पनि बिहानैदेखि प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सीमांकनमा असन्तुष्ट दलसँग वार्ताको वातावरण बनाउन भन्दै दलहरु छलफलमा जुटेका हुन् । संविधान निर्माणको प्रक्रियालाई जारी राख्दै सिमाङ्कन प्रति असन्तुष्ट दल र समूहसँग वार्ता गर्ने दलहरुकोे तयारी छ । वार्ताका लागि आन्दोलनरत दलहरुले राखेका शर्तमा केन्द्रीत भएर दलहरु छलफलमा जुटेका छन् । असन्तुष्ट दलले राखेका सर्त वार्ताकै टेवुलमा संबोधन गर्ने दलहरुले जनाएका छन् । असन्तुष्ट पक्षका मागहरुलाई समेट्ने गरि ४ दलले संविधानको विधेयक माथि संयुक्त संशोधन हाल्ने समेत सहमति गरेका छन् । दलहरु अन्तिम चरणमा पुगेको संविधान निर्माणको कामलाई जसरी पनि टुङग्याउनेमा एकमत भए पनि भइरहेका विरोधहरुलाई कसरी सम्बोधन गर्ने भन्ने निस्कर्षमा पुग्न सकेका छैनन । उता संविधान निर्माण अन्तर्गत संशोधन विधेयक प्रस्तुत गर्ने समय सकिन भने अब १ दिन मात्रै बाँकी छ ।
source
http://avenues.tv/news
What's Related?
By — Unknown