![]() |
आफूलाई लुजु ओझाका रुपमा चिनाउने नेपाली वैज्ञानिक ओझाले अहिले अमेरिकाको जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट अन्तरिक्ष विज्ञानमा विद्यावारिधी गरिरहेका छन् । ओझासहतिको वैज्ञानिकको टोलीले मंगलग्रहमा बगेको अवस्थामा पानी भेटिनुले त्यो ग्रह अहिले पनि भौगोलिक रुपमा सक्रिय रहेको पुष्टी हुने र यसले त्यहाँ मानव बस्तीको सम्भावनाका बारेमा अनुसन्धान गर्न सकिने बताएका छन् ।
नासाले सोमबार राति पत्रकार सम्मेलन गरेर मंगलग्रहमा बगेको अवस्थामा पानी रहेको पुष्टी भएको जनाएको छ । पत्रकार सम्मेलनमा वैज्ञानिकले अन्तरिक्षबाट प्राप्त तस्बिरमा चार ठाउँमा पानी बगेको देखिएको धर्सा देखिएको जनाएका छन् । यसले त्यहाँ भर्खरै पानी बगेको हुन सक्ने वैज्ञानिक ओझाले बताएका छन् ।
पहिले जमेको अवस्थमा नुनिलो पानी भेटिएको ठाउँमा अहिले पानी बगेको धर्सा देखिएकाले त्यहाँ बगेको अवस्थामा पानी रहेको पुष्टी हुने वैज्ञानिक ओझाले बताएका छन् । चिसो समयमा जमेको पानी गर्मी लाग्दै गएपछि तलर बनेर बगेको वैज्ञानिकको दाबी छ ।
By — Unknown