![]() |
‘चीनबाट आएको तेल प्रयोग सम्भव छ वा छैन बारेमा अध्ययन सुरु भइरहेको छ,’ स्राेतले भन्याे ‘चीनबाट आएको पेट्रोलियम पदार्थ उपयोग, ढुवानी लगायतको बारेमा अध्ययन गरेर हामी विकल्प खोज्दैछौं। भारतले नाकाबन्दी लगाएपछि मुलुकभित्र पेट्रोलियम पदार्थको चरम अभाव भएको छ। बिहीबारदेखि सरकारले स्कूल बस लगायत निजी सवारी साधन र मोटरसाइकललाई समेत तेल नबाँड्ने घोषणा गरिसकेको छ। यो अभावसँगै आयल निगमका अधिकारीहरुले समेत तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउन लबिङ गर्दै आएका छन् । चीनले पनि अवरुद्ध उत्तरी नाका खोल्न उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । चिनियाँ राजदूत चुन्ताईले नेपालमा परेको संकटलाई ध्यानमा दिएर अवरुद्ध नाका खुलाउन उच्च प्राथमिकता दिएको बताएका थिए। ‘केरुङ नाकामा ठूलो पहाड झरेको छ । त्यो हटाउने काम तीब्र रुपमा अघि बढिरहेको छ,’ राजदूत चुन्ताईले छलफलमा भने, ‘भूकम्पपछि खासा नाकाका भन्सार कर्मचारी सिगात्से गएर बसेका छन् । सुरक्षाका कारण उनीहरुलाई ल्याउन सकिएको छैन । तर हामी सबै उपाय अबलम्बन गरेर नाका खुलाउनेतर्फ लाग्नेछौ ।’ राजदूत चुन्ताईले नेपाललाई आवश्यक पर्ने सामानहरुको बारेमा जानकारी दिन पनि आग्रह गरेका थिए । स्राेतका अनुसार वाणिज्य सचिव उपाध्यायले नेपालमा चाडपर्व आइसकेकोले तत्कालै नाका खुलाउन सकेमा आपूर्तिमा सहजता हुने बताए। ‘खासामा रोकिएर रहेका कन्टेनर र खासा नजिकबाट ल्याउन सकिने सामानको राजदूतबाट जानकारी माग भएको थियो,’ स्राेतले भन्याे, ‘एक/दुई दिनमा सकारात्मक सन्देश आउने विश्वास छ ।’ नाकाबन्दीपछि नेपालले भूकम्पपछि भत्किएको तातोपानी र रसुवातर्फको सडक निर्माण गरिसकेको छ। सम्बन्धित समाचार विज्ञ भन्छन् : चीनबाट तत्काल ल्याउन सकिन्छ पेट्रोलियम पदार्थ चीनको सिगात्सेबाट पेट्रोल ल्याउने पक्षमा आयल निगमका अधिकारी चीनबाट ल्याउँदा पेट्रोलको भाउ कति पर्ला ?
By — Unknown