भारतीय च्यानल बन्द गरेको प्रति सञ्चारमन्त्री रुष्ट, केवल व्यवसायीसँग मागे स्पष्टीकरण

भारतीय च्यानल बन्द गरेको प्रति सञ्चारमन्त्री रुष्ट, केवल व्यवसायीसँग मागे स्पष्टीकरण

काठमाडौं । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि त्यसको विरोधमा सर्वसाधारणबाट आएको चर्को दबाब थेग्न नसकेर नेपाल केवल टेलिभिजन संघ र केवल टेलिभिजन महासंघले आजदेखि भारतीय केवल च्यानलहरु बन्द गरेको घटनाप्रति सरकार रुष्ट भएको छ । सरकारका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बन्द गरिएका हिन्दी टिभी च्यानलहरु २४ घन्टाभित्र सुचारु गर्न र बन्द गर्नुपर्ने कारणसहित मन्त्रालयलाई जानकारी गराउन उहाँले व्यवसायीहरुलाई निर्देशन दिएका छन् । 

आज बिहान १० बजेबाट देशभरका केवल टेलिभिजनले हिन्दी च्यानल बन्द गरेपछि सञ्चारमन्त्री त्यसको विरुद्धमा उत्रँदै विज्ञप्ति मार्फत् यस्तो स्पष्टीकरण सोध्नुभएको हो । नेपालमा दैनिक उपभोग्य बस्तुको अभाव हुने गरी भारतले नाकामा अवरोध गरेपनि सञ्चारमन्त्री रिजालले भने भारतले नेपालमा नाकाबन्दी नै नगरेको भन्दै भारतको बचाउ गरेपनि आज भने अहिलेको समस्याको समाधानका लागि कूटनीतिक पहल भइरहेको जानकारी गराउनुभएको छ । उहाँले तत्काल भारतीय केवलहरु पनि पूर्ववत् रुपमा सञ्चालन गर्न सरोकारवालहरुको ध्यानाकर्षण गराउनुभएको छ । 

सञ्चारमन्त्रीको यो विज्ञप्तिप्रति भने नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकटको अखिल नेपाल जनसाँस्कृतिक महासंघले भने कडा आपत्ति जनाएको छ । उसले तत्काल यो विज्ञप्ति फिर्ता लिन सरकारसँग माग समेत गरेको छ ।

उनीहरुले मन्त्री रिजालको २४ घण्टे अल्टिमेटमलाई राष्ट्रघाती कमद भएको भन्दै कुनै हालतमा बन्द गरिएको च्यानल पुःन सूचारु गर्न नहुने बताएको छ । अहिले नेपालका चलचित्र भवनहरुमा पनि हिन्दी चलचित्र प्रदर्शन गर्न अनुमति दिइएको छ ।