एमाओवादी त्योगेको २४ घण्टा नहुँदै बाबुरामले भने- म पनि मधेस आन्दोलनमा लाग्छु :: Read more news >>>>


काठमाडौं, १० असोज– एमाओवादीबाट राजीनामा दिएको २४ घण्टा नहुँदै डा. बाबुराम भट्टराईले हाल भइरहेको मधेस आन्दोलनमा सामेल हुने इच्छा ब्यक्त गरेका छन् ।

हिजो पत्रकार सम्मेलन गरि राजीनामाको घोषणा गरेका उनले मधेसी मोर्चाका नेता राजेन्द्र महतोलाई फोन गरेर आफु पनि मधेस आन्दोलनमा सहभागी हुन चाहेको इच्छा ब्यक्त गरेका हुन् । उनले महतोलाई फोन गरेर आन्दोलनमा सहभागी गराउन अनुरोध पनि गरे । 

भट्टराईले आइतबार नेपाल सद्भावना पार्टीका अध्यक्ष महतोलाई आफूले मधेस आन्दोलनको समर्थनका लागि राजीनामा दिएको पनि बताए । तर मधेसी मोर्चाभित्र बाबुरामलाई सहभागी गराउने वा नगराउने भन्ने विषयमा सहमति हुन सकेको छैनन् ।